प्रदेश नं १ को नाम हिउँदे अधिवेशनबाट टुङ्गो लगाइनेः मुख्यमन्त्री राई
विराटनगर, ४ माघ – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रदेशसभाको आउँदो हिउँदे अधिवेशनबाट टुङ्गो लगाउने बताउनुभएको छ ।
मुख्यमन्त्रीको कार्यालयमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “प्रदेशको नाम प्रदेशसभाले नै टुङ्गो लगाउँछ ।” मुख्यमन्त्री राईले आफूहरू सरकारमा आएपछि सभाको एउटा पनि बैठक नबसेको सन्दर्भ उल्लेख गर्दै उहाँले अब छिट्टै हिउँदे अधिवेशन आरम्भ गरेर प्रदेशको नामकरण गर्ने प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो
उहाँले यही माघ २० गतेभित्र हिउँदे अधिवेशन सुरु गरेर प्रदेशको नाम टुङ्गो लगाउनेतर्फ आवश्यक प्रक्रिया अघि बढाइने बताउनुभयो ।
Facebook Comments Box

