काठमाडौँ उपत्यकामा १ सय ३७ जना सहित देशभर थप २१६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १८ पुस – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ३७ जना सहित देशभर थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११८, भक्तपुरमा ६ र ललितपुरमा १३ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ५ हजार ९६२ आरटी पीसीआर तथा १ हजार ६६९ एन्टीजेन परिक्षण सहित ७ हजार ६३१ जनाको परिक्षण गर्दा थप २१६ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख २५ हजार २३१ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४ हजार ९७१ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २०९ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख १२ हजार ४१९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जना मृत्युको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५९६ रहेको छ ।

Facebook Comments Box