काठमाडौँ उपत्यकामा २ सय ८५ जना सहित देशभर थप ३८२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १७ पुस – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ सय ८५ जना सहित देशभर थप ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २४४, भक्तपुरमा ९ र ललितपुरमा ३२ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ५ हजार ७ आरटी पीसीआर तथा १५ हजार ९५२ एन्टीजेन परिक्षण सहित २० हजार ९६९ जनाको परिक्षण गर्दा थप ३८२ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख २५ हजार १५ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४ हजार ९६९ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २५२ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख १२ हजार २१० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका मृत्युको संख्या शुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५९४ रहेको छ ।

Facebook Comments Box