प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न २५ वटा समूह बनाइ छलफल
काठमाडौं , १२ पुस – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न विभिन्न २५ वटा समूह बनाइएको छ।
प्रचण्डको प्रतिवेदनमाथि अध्ययन गरेर छलफलका लागि बनाइएका २५ वटा समूहले महाधिवेशनस्थल प्रज्ञा भवनदेखि पार्टी प्यालेससम्म छलफल हुँदैछ।
माओवादीले जेष्ठ कम्युनिष्ट मञ्च र सल्लाहकारको तीन समूह बनाएको छ छ। जसको टोली नेता नन्दकुमार थापा छन्। प्रदेश १ का दुई समूहको टोली नेता हर्क गुरुङले छन्। प्रदेश २ का दुईवटा समूहको नेतृत्व गणेश साहले गरेका छन्।
गण्डकी प्रदेश समूहबाट प्रदेश अध्यक्ष गायत्री गुरुङले नेतृत्व गर्दैछिन्। लुम्बिनी प्रदेश समूहको नेतृत्व चक्रपाणि खनालले गरेका छन्। प्रवास समितिमा लक्ष्मण पन्त, कर्णाली प्रदेशमा विमला केसी र सुदूरपश्चिम समूहमा प्रदेश खगराज भट्ट टोली नेता छन्।
विभागबाट मायाप्रसाद शर्मा, सम्पर्क समन्वय प्रदेशबाट कृष्ण अधिकारी, बागमती प्रदेशबाट सरल सहयात्री टोली नेता छन्। जनवर्गीय मोर्चाबाट अमृता थापाले नेतृत्व गर्दैछिन्।

