सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदै
काठमाडौं, १० पुस – सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार छैटौं चरणका दुई खेल हुँदैछन्। शनिबार हुने पहिलो खेलमा दिउँसो १ बजे हिमालयन शेर्पा र च्यासल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
हिमालयन शेर्पाले लिगमा ५ खेल खेल्दा १ जित र २ बराबरीसहित ५ अंक जोडेको छ भने च्यासलले समान खेलबाट १ जित र १ बराबरीसहित ४ अंक हात पारेको छ। त्यस्तै दास्रो खेलमा पौने ५ बजे मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ।
लिगको शीर्षस्थानमा रहेका यी दुई टोलीको प्रतिस्पर्धा निकै महत्वपूर्ण मानिएको छ। मनाङले ५ खेलबाट १३ अंक हात पारेको छ भने मछिन्द्रको ११ अंक जोडेको छ। शनिबारका दुवै खेल दशरथ रंगशालामा हुनेछन्।
Facebook Comments Box

