काठमाडौँ उपत्यकामा १ सय ६१ जना सहित देशभर थप २७४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २ पुस – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ६१ जना सहित देशभर थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १११, भक्तपुरमा २० र ललितपुरमा ३० जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार ६९१ आरटी पीसीआर तथा १ हजार ३२५ एन्टीजेन परिक्षण सहित ९ हजार १६ जनाको परिक्षण गर्दा २७४ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख २१ हजार ३४७ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ५२२ रहेको छ । यसैगरी,पछिल्लो २४ घण्टामा थप २७० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ८ हजार ३५३ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जानाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५७० रहेको छ ।

Facebook Comments Box