काठमाडौँ उपत्यकामा १५४ जना सहित देशभर थप २५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २६ मङ्सिर – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १५४ जना सहित देशभर थप २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११९, भक्तपुरमा ५ र ललितपुरमा ३० जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ६ हजार २६८ आरटी पीसीआर तथा २ हजार ४१४ एन्टीजेन परिक्षण सहित ८ हजार ६८२ जनाको परिक्षण गर्दा २५४ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख २० हजार ४ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ८९० रहेको छ । यसैगरी,पछिल्लो २४ घण्टामा थप २३४ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ६ हजार ७७८ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जानाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५५४ रहेको छ ।

Facebook Comments Box