नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं , २५ मंसिर – नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक जारी छ । भक्तपुरको गठ्ठाघरमा बसिरहेको बैठकमा केन्द्रीय कमिटी सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

यसअघि शपथ लिन छुटेका केन्द्रीय सदस्यहरुलाई शपथ गराएर बैठक शुरु भएको थियो । बैठकमा स्थायी कमिटी गठन, पोलिट्ब्यूरो गठन, केन्द्रीय सदस्य मनोनयन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन लगायत एजेण्डा तय भएको छ ।

बैठकमा अध्यक्ष पदमा पराजित भीम रावल भने अनुपस्थित छन् । अध्यक्षमा पराजित भएपनि रावल केन्द्रीय सदस्य निर्वाचित भएका थिए । तर उनले केन्द्रीय सदस्यको शपथ समेत लिएका छैनन् ।

Facebook Comments Box