आज देशको पहाडी भेगमा आंशिक बदली रहि बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने

काठमाडौँ, २४ कात्तिक – हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर नरहेको र आजसमेत तीन दिनसम्म कतै वर्षा र हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तर चिसोबाट बच्न आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसो बाट बच्न सामान्य सतर्कता अपनाउन हुन अनुरोध गरेकाे छ।

महाशाखाले आज देशको पहाडी भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जनाएकाे छ।

Facebook Comments Box