काठमाडौँ उपत्यकामा २२८ जना सहित देशभर थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १५ कात्तिक – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २२८ जना सहित देशभर थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १६२, भक्तपुरमा १६ र ललितपुरमा ५० जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार ४६८ आरटी पीसीआर तथा ४ हजार १९६ एन्टीजेन परिक्षण सहित ११ हजार ६६४ जनाको परिक्षण गर्दा ५३३ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख ७ हजार ६३८ रहेको छ भने सक्रिय संक्रमितको संख्या ९ हजार ३१८ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप ४९० जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ९२ हजार २७७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ४१६ रहेको छ ।

Facebook Comments Box