काठमाडौँ उपत्यकामा ११९ जना सहित देशभर थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १४ कात्तिक – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ११९ जना सहित देशभर थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९९, भक्तपुरमा ७ र ललितपुरमा १३ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ५ हजार ७३१ आरटी पीसीआर तथा २ हजार १६८ एन्टीजेन परिक्षण सहित ७ हजार ८९९ जनाको परिक्षण गर्दा थप ४०८ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख ७ हजार १०५ रहेको छ भने सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ५१८ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ९१ हजार ७८७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ४०७ रहेको छ

