विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धी खारेज गर्न माग

काठमाडौँ, १३ कात्तिक – ६ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धी खारेज गर्न माग गरेका छन्। नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह एकीकृत समाजवादी निकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली जसपा निकट समाजवादी बिध्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौका अध्यक्ष देवेन्द्र कुँवर विप्लव निकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र क्रान्तिकारी मओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मुल्यबृद्धिले आम-नेपालीको जनजिवन कठिन बनाएको ठहर गरेका छन्।

‘दैनिक जनजिवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टितेल जस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मुल्यबृद्धि र त्यसले समग्र क्षेत्रहरुमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको छ।’६ विद्यार्थी संगठनले विज्ञप्तिमा भनेका छन,’बहुसंख्यक जनताले निम्न आयमा गुजारा गर्नुपर्ने हाम्रो जस्तो मुलुकमा सरकार नियन्त्रित आयल निगमको केबल तेलको ब्यापारीको जस्तो भुमिका किमार्थ स्वीकार्य छैन ।’

आयल निगमभित्र भएका भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गर्दै जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन विभिन्न उपायहरुको खोजी गर्नेतर्फ पूर्ण उदासिन रहि केबल अन्तरास्ट्रिय बजारको मुल्य समायोजनको नाममा एकोहोरो रुपमा गरिएको मुल्य बृद्धिप्रति उनीहरुले कडा आपत्ति जनाएका छन्।

मुलुकका ८० लाख बिध्यार्थीहरुको प्रतिनिधी संगठनहरुको बिज्ञप्ति र सालिन आग्रहलाई बेवास्ता गरिए कडा संघर्षमा उत्रन बाध्य हुने उनीहरुको चेतावनी छ।

Facebook Comments Box