काठमाडौँ उपत्यकामा १६८ जना सहित देशभर थप ३७२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १३ कात्तिक – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १६८ जना सहित देशभर थप ३७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १०३, भक्तपुरमा २० र ललितपुरमा ४५ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ५ हजार ३१६ आरटी पीसीआर तथा २ हजार ५९५ एन्टीजेन परिक्षण सहित ७ हजार ९११ जनाको परिक्षण गर्दा ३७२ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख ६ हजार ६९७ रहेको छ भने सक्रिय संक्रमितको संख्या ९ हजार ५२६ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप ९११ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ९१ हजार २६९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ३९९ रहेको छ ।

