काठमाडौँ उपत्यकामा ६८९ सहित देशभर थप २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ८ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६८९ सहित देशभर थप २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५१८, भक्तपुरमा ५२ र ललितपुरमा ११९ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ९ हजार ९०९ आरटी पीसीआर तथा ४ हजार ९०१ एन्टीजेन परिक्षण सहित १४ हजार ८१० जनाको परिक्षण गर्दा २ हजार ५२५ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ३१ हजार ९६८ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३८ हजार २५० रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप २ हजार ८६ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख २ हजार १८३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार ५६८ रहेको छ ।

Facebook Comments Box