गोबरगाढामा सप्तकोशी नदीको पानी पस्दा दुई घर भत्केयो ४० वटा घर डुबानमा
सप्तरी, ४ भदौ – टापूको रुपमा परिचित सप्तरीको गोबरगाढामा सप्तकोशी नदीको बाढी पस्दा दुईवटा घर बगाएको छ । चार दर्जनभन्दा बढी घर डुबानमा परेका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिका–१३ मा रहेको गोबरगाढामा सप्तकोशी नदीको पानी पस्दा दुई जनाको घर भत्केको र ४० वटा घर डुबानमा परेका छन् । वडाध्यक्ष विन्देश्वर यादवले स्थानीय हरि यादव र शत्रुधन यादवको घर बाढीका कारण भत्केको छ ।
लगातारको वर्षाका कारण सप्तकोशी नदीमा आएको बाढीले शुक्रबार बस्ती नै डुबानमा परेको उनले बताए । सप्तकोशी नदीको बीचमा गोबरगाढाको बस्ती रहेको छ । उक्त बस्तीलाई अन्यत्र सार्ने प्रयास गरे पनि यहाँका बासिन्दा मानेका छैनन् ।
Facebook Comments Box

