नेकपा एमाले स्थायी कमिटीको बैठक स्थगित

काठमाडौँ, २९ असार – नेकपा एमाले स्थायी कमिटीको दिउँसो १ बजे बालुवाटारमा बस्ने भनिएको बैठक स्थगित हुने भएको छ । आजै दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा देशबासीका नाममा सम्बोधन गर्नुहुने कार्यक्रम रहेका कारण स्थायी कमिटी बैठक स्थगन भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभएको छ ।

एमालेको बस्ने भनिएको स्थायी कमिटी बैठकमा कार्यदलले तयार पारेको दश बुँदे सहमति पत्र अनुमोदन गर्ने लगायत सर्वोच्च अदालतले गरेको फैसला उपर औपारिक छलफल गरिने जनाइएको थियो ।

Facebook Comments Box