काठमाडौँ उपत्यकामा ४२८ जना सहित देशभर थप २ हजार ३९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १८ असार – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४२८ जना सहित देशभर थप २ हजार ३९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३१६, भक्तपुरमा ३४ र ललितपुरमा ७८ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ६ हजार ५६६ आरटी पीसीआर तथा ४ हजार ३० एन्टीजेन परिक्षण सहित १० हजार ५९६ जनाको परिक्षण गर्दा २ हजार ३९९ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ७९ हजार २७२ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३० हजार ६१६ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप ३ हजार ४५१ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ३ हजार ६०० पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार १६९ रहेको छ

Facebook Comments Box