उपत्यकामा निषेधाज्ञा अझै खुकुलो २५ सिटमाथिका बस जोर बिजोर प्रणालीमा चल्ने, खाद्यपसल दिनभर

काठमाडौँ, १४ असार – काठमाडौं उपत्यकामा कोरोना संक्रमण रोक्न लगाइएको निषेधाज्ञा अझै खुकुलो पारिएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा खुकुलो पार्दै सार्वजनिक यातायात जोरविजोरमा चलाउने निर्णय गरेको हो।
यसअनुसार भोलिदेखि २५ भन्दा धेरै सिटयुक्त सार्वजनिक यातायातका साधन जोरविजोरमा चल्न पाउने काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले जानकारी दिए।

पराजुलीका अनुसार खाद्यपसल ६ बजेदेखि दिनभर खुल्नेछ भने अन्य पसल ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाइनेछ।
यसअघि घोषित निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदैछ। निषेधाज्ञाका कारण गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइएको छैन। निजी सवारीसाधन भने अघिल्लो हप्तादेखि जोररविजोर प्रणालीमा चलाउन दिइएको छ।यद्यपि निषेधाज्ञा भने एक हप्ताका लागि लम्ब्याइएको छ।

Facebook Comments Box