आज बाढीको खतरा भएको स्थानहरु

काठमाडौँ, ५ असार – देशभर वर्षा हुने क्रम जारी छ। वर्षासँगै विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानले धनजन क्षति पुर्‍याइरहेको छ। यसैले त्यस्तो विपत्ति आउनुभन्दा पहिले होसियारी पुर्‍याउन आवश्यक छ। यसका लागि हामीले दैनिक वर्षा तथा बाढीसम्बन्धी सूचना हेरिरहनुपर्ने हुन्छ।

यसै सन्दर्भमा आज कहाँ कहाँ कुन कुन नदीमा बाढीले क्षति पुर्‍याउने सम्भावना छ भनेर बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरेको छ।सूचनाअनुसार आज कोसी, कर्णाली, महाकाली, कन्काई, पश्चिम राप्ती, बबई जलाधारका नदीमा आकस्मिक बहाव आउने सम्भावना छ। यसर्थ यी नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ।

महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘आज कोसी, कर्णाली, महाकाली, कन्काई, पश्चिम राप्ती, बबई जलाधारका केही ससाना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाव बढ्दो हुने र केही ससाना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले उक्त क्षेत्रका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले सूचना जारी गरेको।

Facebook Comments Box