जसपाका महन्थ ठाकुरको नेतृत्वमा रहेको समूहका पाँच नेता आज मन्त्री बन्ने निश्चित
काठमाडौँ, २१ जेठ – जनता समाजवादी पार्टीका महन्थ ठाकुरको नेतृत्वमा रहेको समूहका पाँच नेता आज मन्त्री बन्ने निश्चित भएको छ।
राजेन्द्र महतोले उपप्रधानमन्त्रीसहित वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने स्रोतले जनाएको छ। त्यसैगरी शरतसिंह भण्डारी उर्जा जलस्रोत तथा सिचाई, विमल श्रीवास्तव खानेपानी मन्त्रालय, अनिल झा शहरी विकास मन्त्री र उमाशंकर अरगरिया युवा तथा खेलकुद मन्त्री बन्ने निश्चित भएको स्रोतले जनाएको छ।
‘आजै साँझसम्म उहाँहरुले सपथग्रहण गर्ने कार्यक्रम रहेको छ,’ स्रोतले नेपालखबरसँग भन्यो। आफूलाई खेलकुद मन्त्रालय दिएकोमा अरगरिया भने सन्तुष्ट नरहेको स्रोतको भनाइ छ। ठाकुर पक्षबाट मन्त्री बन्ने तय भएको भनिएका ५ जना प्रत्यक्ष निर्वाचित सांसद हुन्। राजेन्द्र महतो धनुषा ३ बाट, शरतसिंह भण्डारी महत्तरी २, उमाशंकर अरगरिया धनुषा ३, विमल श्रीवास्तव पर्सा २ र अनिलकुमार झा रौतहट १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन्।

