काठमाडौँ उपत्यकामा १ हजार ४५६ जना सहित देशभर थप ५ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १९ जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ४५६ जना सहित देशभर थप ५ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १३ हजार ८०५ आरटी पीसीआर तथा ३ हजार ७३ एन्टीजेन परिक्षण सहित १६ हजार ८७८ जनाको परिक्षण गर्दा ५ हजार ३१६ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ५ लाख ७१ हजार ९०३ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९९३ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ८३७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ७ हजार २१९ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ४ लाख ६१ हजार ५६३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १०१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ७ हजार ५५५ रहेको छ

Facebook Comments Box