चीनले नेपाललाई १० लाख खोप अनुदानमा उपलब्ध गराउने

काठमाडौँ, १२ जेठ – चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख खोप अनुदानमा उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार दिउँसो भएको टेलिफोन वार्तामा चिनियाँ समकक्षीले सो खोप उपलब्ध गराउने जानकारी गराउनुभएको हो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गर्दै सो जानकारी गराउनुभएको हो ।

‘आज नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको टेलिफोन वार्ताको क्रमका चिनियाँ राष्ट्रपति सी चिनिफिङले चीनले नेपाललाई कोभिड १९ को १० लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा गर्नुभएको छ’, राजदूत होउले लेख्नुभएको छ ।

यसअघि चीनले नेपाललाई अनुदानमा ८ लाख डोज खोप उपलब्ध गराएको थियो । दोस्रो चरणको कोभिड महामारी शुरु भएपछि अक्सिजन सिलिन्डरसहित विभिन्न सामग्रीहरु पठाएर सहयोग गरेको छ ।

Facebook Comments Box