काठमाडौँ उपत्यकामा ३ हजार ९७२ जना सहित देशभर थप ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २३ वैशाख – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ९७२ जना सहित देशभर थप ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार १६३, भक्तपुरमा २४२ र ललितपुरमा ५६७ जनामा संक्रमण देखिएको छ ।

यस्तै, देशभरको प्रयोगशालामा २० हजार ३६७ आरटी पीसीआर तथा ७७५ एन्टीजेन परिक्षण सहित २१ हजार १४२ जनाको परिक्षण गर्दा ९ हजार ७० जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८० रहेको छ भने सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ रहेको छ ।

यसैगरी, देशभरका क्वारेन्टाइनमा ३१४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार ७०७ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ९२ हजार ४९० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ३ हजार ५२९ रहेको छ

Facebook Comments Box