काठमाडौँ उपत्यकामा १२४ जना सहित देशभर थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २८ चैत – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १२४ जना सहित देशभर थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११६ भक्तपुरमा ४ र ललितपुरमा ४ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा ३ हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा ३३७ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार ७२५ रहेको छ भने सक्रिय संक्रमितको संख्या २ हजार ८०० रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ८४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १५१ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७३ हजार ८८६ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जाना मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुने को संख्या ३ हजार ३९ रहेको छ ।

Facebook Comments Box