काठमाडौँ उपत्यकामा १२९ जना सहित देशभर थप २८८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २७ चैत – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १२९ जना सहित देशभर थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११७ भक्तपुरमा ३ र ललितपुरमा ९ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा ४ हजार ७१ जनाको पीसीआर परीक्षण गर्दा २८८ जनामा संक्रमण देखिएको हो । यो सँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार ३८८ रहेको छ भने सक्रिय संक्रमितको संख्या २ हजार ६१५ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ८४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप १२७ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७३ हजार ७३५ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्युको संख्या सून्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुने को संख्या ३ हजार ३८ रहेको छ ।