गीतकार जावेद अख्तरले कंगनाविरुद्ध मुद्दा हाले, उनी अदालत उपस्थित हुनुपर्ने

भारतका चर्चित गीतकार जावेद अख्तरले अभिनेत्री कंंगना रणावतविरुद्ध अदालतमा मानहामी गरेको भन्दै मुद्दा दर्ता गराएका छन्।

कंगानाले आफूविरुद्ध विवादित बयान दिएका कारण आफ्नो पहिचानमा खराब असर पुगेको अख्तरको भनाइ छ।

गतवर्षको नोभेम्बरमै उनी कंगनाविरुद्ध अदालत पुगेका थिए। तीन डिसेम्बरमा मजिस्ट्रेट कोर्टले उनको बयानमा प्रहरीलाई अनुसन्धान गर्न भनेको थियो।

सोमबार जुहुको प्रहरीले मुम्बईको अदालत समक्ष अनुसन्धानमूलक रिपोर्ट दर्ता गराएको बताइएको छ।

यसपछि अदालतले सोमबार कंगनालाई मार्च एकमा अदालतमा उपस्थित हुन निर्देशन दिएको छ।

सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउडमा व्याप्त नेपोटिज्मविरुद्ध कंगना कडा रुपमा प्रस्तुत हुँदै आएकी छिन्।

नेपोटिज्मकै उदाहरण दिने क्रममा कंगनाले जावेद अख्तरको नाम लिएपछि उनको चर्को रुपमा आलोचना भएको थियो।

आफूले दशकौं लगाएर बनाएको छविलाई कंगनाले ध्वस्त बनाएको जावेद अख्तरको भनाइ छ। एनडीटीभी

Facebook Comments Box