काठमाडौँ उपत्यकामा ८५१ जना सहित देशभर थप २ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १७ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८५१ जना सहित देशभर थप २ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५९४, भक्तपुरमा ९१ र ललितपुरमा १६६ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ८ हजार ४०२ आरटी पीसीआर तथा ४ हजार २३४ एन्टीजेन परिक्षण सहित १२ हजार ६३६ जनाको परिक्षण गर्दा २ हजार ५६८ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख ५९ हजार ३०७ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप २ हजार २० जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ५६ हजार १९७ पुगेको छ ।यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ८७५ रहेको छ

Facebook Comments Box