छठ मनाउन गाउँ गएका बेला घर र पसलमा चोरीपछि आगजनी, १० लाखभन्दा बढीको क्षति
सिरहा । छठ पर्व मनाउन परिवारसहित गाउँ गएको मौका छोपी सिरहाको मिर्चैया नगरपालिका–१ मा घर र किराना पसलमा चोरीपछि आगजनी गरिएको छ । शौर्य सिमेन्ट उद्योगको पूर्वपट्टि रहेको रामकुमार महतोको घर तथा किराना पसलमा अज्ञात समूहले चोरी गरी आगो लगाएर फरार भएको हो ।
छठ पर्व मनाउन घरपरिवार गाउँ गएको अवस्थामा चोरहरू घर र पसलभित्र प्रवेश गरेको बताइएको छ । चोरीपछि लगाइएको आगोले पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । आगो फैलिने क्रममा पसलमा रहेको ग्यास सिलिन्डरसमेत विस्फोट भएको थियो ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आगलागीबाट १० लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । घटनामा संलग्न व्यक्तिको पहिचान तथा चोरी र आगजनीको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
Facebook Comments Box

