कांग्रेस महाधिवेशनमा उपसभापति र महामन्त्रीको मतगणना जारी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी छ। आइतबार बिहान ६ बजेर २३ मिनेटसम्म एक हजार २२९ मतपत्र गणना हुँदा पाँच मत बदर भएका छन् भने एक हजार २२४ मत सदर भएका छन्। हाल तीनवटा मतदान केन्द्रको मतगणना भइरहेको छ।
उपसभापतिको खुलातर्फ दुई पदका लागि भएको प्रतिस्पर्धामा डा. चन्द्रकान्त भण्डारीले ६४३ मतसहित अग्रता लिनुभएको छ। मधु आचार्यले ३६२, गोविन्द भट्टराईले ३०८, सुरेन्द्रराज पाण्डेले ३०५, दीपक गिरीले २४८, धनराज गुरुङले २२३ र चन्द्रमोहन यादवले १२९ मत प्राप्त गर्नुभएको छ। उपसभापतिको समावेशी एक पदमा विनोदकुमार चौधरीले ३५७ मतसहित अग्रता लिनुभएको छ। जीवन परियारले ३००, फरमुल्लाह मन्सुरले १७७, सीता गुरुङले १५७ र रञ्जित कर्णले १०० मत प्राप्त गर्नुभएको छ।
महामन्त्रीको खुलातर्फ दुई पदका लागि प्रदीप पौडेलले ७२३ मतसहित अग्रता लिनुभएको छ। अमरसिंह पुन मगरले ४५५ र उदयशमशेर राणाले ४१२ मत प्राप्त गर्नुभएको छ। त्यस्तै, डा. सुनिलकुमार शर्माले ३०९, गुरुराज घिमिरेले १७८, नैनसिंह महरले १३५, शंकर तिवारीले १९ र डा. सन्तोष उपाध्यायले १७ मत पाउनुभएको छ। महामन्त्रीको महिलातर्फ एक पदमा डा. डिला संग्रौला पन्तले ५३६ मतसहित अग्रता लिनुभएको छ। महालक्ष्मी उपाध्याय डिनाले ५१३ र रीता खनालले १४७ मत प्राप्त गर्नुभएको छ।

