कांग्रेस महाधिवेशन : आजदेखि केन्द्रीय नेतृत्वका लागि मनोनयन दर्ता

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मनोनयन दर्ता सुरु हुँदैछ। केन्द्रीय निर्वाचन समितिले असोज १९ गते सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिकाअनुसार आज दिउँसो साढे १२ बजेदेखि बेलुकी ४ बजेसम्म केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ता गर्न सकिनेछ।

यसअघि बिहान साढे ९ बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोधको समय तोकिएको छ। दाबी विरोधमाथि बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म जाँचबुझ गरिनेछ भने बिहान साढे ११ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार महाधिवेशनका अन्य कार्यक्रम भने संशोधित कार्यतालिकाअनुसार यथावत् सञ्चालन हुनेछन्।

Facebook Comments Box