सप्तरीमा बाढीका कारण ५०० घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित
सप्तरी । लगातारको वर्षाका कारण सप्तरीका हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीबाट ५०० घर डुबानमा परेका छन् । बाढीबाट दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२ र १३ का बस्तीमा बाढी पस्दा ४८३ घर डुबानमा परेका छन् । यस्तै, तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ मा बाढी पस्दा १७ घर डुबानमा परेका छन् ।
शुक्रबार राति सप्तकोशी नदीमा पानीको सतह बढेपछि बस्तीमा बाढी पसेको हनुमाननगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले बताउनुभयो । बाढी प्रभावितका लागि तत्काल बिहान र बेलुका दुई छाक खानाको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । पानीको सतह केही घटेपछि प्रभावितको पहिचान गरी थप राहत सामग्री उपलब्ध गराइने उहाँले बताउनुभयो ।
Facebook Comments Box

