विद्युतीय कारमा आगलागी हुँदा एक जनाको मृत्यु

चितवन, २६ भदौ – भरतपुर महानगरपालिका–९ वसन्तचोकमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । आज बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको हो ।

आगलागीको सूचना पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । आगो नियन्त्रणमा लिएपछि कारभित्र नाम, थर र ठेगाना नखुलेका एक जना व्यक्ति जलेर मृत अवस्थामा फेला परेका हुन् । आगलागीबाट कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box