धनुषामा मोटरसाइकल दुर्घटना: दुईको मृत्यु, एक गम्भीर घाइते
धनुषा, १० असोज – धनुषामा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीका अनुसार जनकनन्दिनी गाउँपालिका–५ बनरझुलाका १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्रको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटना कमला नगरपालिका–२ माची र लगमा बीचको खोक्साहा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका १७ वर्षीय राहुल महतोको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार ती तीनै जना लगमा बजारबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा गइरहेका थिए। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
Facebook Comments Box

