देशका अधिकांश भागको मौसम सफा रहने अनुमान
काठमाडौँ, १० असोज – हाल देशभर मनसुनी वायु कमजोर भएको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भागमा आज मौसम सफा रहने अनुमान छ।महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने देखिएको छ। आज राति पनि कोशी प्रदेशलगायत पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मौसम सफा रहने छ। त्यहाँका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
Facebook Comments Box

