काठमाडौँ उपत्यकामा ६५३ जना सहित देशभर थप २ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ३० जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६५३ जना सहित देशभर थप २ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४८३, भक्तपुरमा ५८ र ललितपुरमा ११२ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा ७ हजार ५१२ आरटी पीसीआर तथा ४ हजार ८८९ एन्टीजेन परिक्षण सहित १२ हजार ४०६ जनाको परिक्षण गर्दा २ हजार ४०७ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख २८ हजार ९४२ रहेको छ भने सक्रिय संक्रमितको संख्या ६८ हजार ९५५ रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ३ हजार ९९४ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ५ लाख ३१ हजार १०५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ८ हजार ४१२ रहेको छ

