काठमाडौँ उपत्यकामा ९१५ जना सहित देशभर थप ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २६ जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९१५ जना सहित देशभर थप ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६७९, भक्तपुरमा ८५ र ललितपुरमा १५१ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १२ हजार ७८४ आरटी पीसीआर तथा ४ हजार ५६८ एन्टीजेन परिक्षण सहित १६ हजार ६४२ जनाको परिक्षण गर्दा ४ हजार ३४४ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ५ लाख ९९ हजार ७९८ रहेको छ भने सक्रिय संक्रमितको संख्या ८० हजार ३३६ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ७३१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ५ हजार ७६८ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ५ लाख १० हजार २९८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ८ हजार १७९ रहेको छ

