काठमाडौँ उपत्यकामा २ हजार ३६७ जना सहित देशभर थप ६ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १३ जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३६७ जना सहित देशभर थप ६ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ७३८, भक्तपुरमा २६५ र ललितपुरमा ३६४ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा २० हजार ४१४ जनाको आरटी पीसीआर तथा ५७८ जनाको एन्टीजेन सहित २० हजार ९९२ जनाको परिक्षण गर्दा ६ हजार ९३९ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ५ लाख ४२ हजार २५६ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४७६ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा १ हजार ९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ यस्तै, पछिल्लो २४ घण्टामा थप ७ हजार २२६ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १०६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ६ हजार ९५१ रहेको छ ।

Facebook Comments Box