काठमाडौँ उपत्यकामा २ हजार ८२१ जना सहित देशभर थप ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ९ जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ८२१ जना सहित देशभर थप ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ७६१, भक्तपुरमा ३६६ र ललितपुरमा ६९४ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १८ हजार ९६५ जनाको आरटी पीसीआर तथा ९३१ जनाको एन्टीजेन सहित १९ हजार ८९६ जनाको परिक्षण गर्दा ७ हजार ९१४ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ५ लाख १३ हजार ५५७ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४७ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ८७३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ यस्तै, पछिल्लो २४ घण्टामा थप ७ हजार ६६४ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ३ लाख ८२ हजार ५०० पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १९३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ६ हजार ३४६ रहेको छ ।

