राष्ट्रिय सभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदै
काठमाडौँ, २८ फागुन – राष्ट्रिय सभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । पूर्वनिर्धारित कार्यतालिका अुनसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता हुने संघीय सचिवालयले जनाएको छ ।
संसद सचिवालयका अनुसार आजै दिउँसो उम्मेदवारको नामावली प्रकाशन हुनेछ । मतदात भने मंगलबार हुने कार्यतालिका छ ।राष्ट्रि य सभाको अध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का नारायण दाहाल र नेपाली कांग्रेसबाट युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय भइसकेको छ ।
Facebook Comments Box

