मकवानपुर केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

काठमाडौं, ७ मंसिर – मकवानपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासको क्षेत्रमा पनि महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले यससम्बन्धी थप विवरण अद्यावधिक गरिसकेको छैन ।

Facebook Comments Box