खेल हेर्न आउने दर्शकलाई घर पुर्याउन एन्फाले १५ वटा बसकाे व्यवस्था
काठमाडौँ, ४ मङ्सिर – विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत मंगलबार दशरथ रंगशालामा हुने खेल हेर्न आउने दर्शकलाई घर पुर्याउन अखिल नेपाल फुटबल संघ (एन्फा) ले १५ वटा बस व्यवस्था गरेको छ ।
एन्फाका खेल निर्देशक सञ्जीव मिश्रका अनुसार दशरथ रंगशालामा मंगलबार साँझ ७ बजेदेखि हुने नेपाल र यमनबीचको खेल सकिएपछि दर्शकलाई घर पुर्याउन विभिन्न रुटमा १५ वटा बस व्यवस्था गरिएको हो ।
‘हामीले विभिन्न रुटका १५ वटा बस भाडामा लिएका छौं । जसले दर्शकलाई खेलपछि घर फर्कन सहयोग हुनेछ ।’ बस चढेर घर फर्किन दर्शकले टिकटको अर्धकट्टी देखाउनुपर्नेछ ।
Facebook Comments Box

