लिग–२ मा नेपालले आज  यूएईसँग खेल्दै

काठमाडौं, २८ फागुन – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत नेपालले आज  यूएईसँग खेल्दै छ। घरेलु मैदानमा हुने दोस्रो खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।नेपाल घरेलु मैदानमा यूएईलाई हराउँदै ओडीआई मान्यता पक्का गर्न चाहन्छ।

नेपालले आज यूएईलाई हराए आगामी ४ वर्षका लागि ओडीआई मान्यता कायम रहनेछ। नेपाललाई सोझै विश्वकप छनोट खेल्न अबका बाँकी तीनै खेल जित्नुपर्नेछ। यूएई पछिल्लो खेलमा खराब लयबाट गुज्रिरहेको छ। यता नेपाल भने पछिल्लो समय उच्च लयमा छ।

नेपालले आइतबार यूएईलाई हराए ३६ अंक बनाउँदै अंक तालिकाको चौथो स्थानमा उक्लिनेछ। लिग २ सिरिजका ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अंकमा नेपाल पाँचौं स्थानमा छ। ३६ खेलमध्ये १६ मा जित र १७ मा हार भोगेको अमेरिका ३५ अंकमा चौथो स्थानमा छ।

उता यूएईलाई शीर्ष पाँचमा रहँदै ओडीआई मान्यता जोगाउन अबका बाँकी तीनै खेल जित्नुपर्ने दबाब छ। आजको खेलमा नेपालसँग हारे यूएईलाई ओडीआई मान्यता सोझै पाउन कठिन हुनेछ। विश्वकप छनोटमा स्थान बनाउन भने क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ।

Facebook Comments Box