अग्रज पूर्व शिक्षक सम्मानित
काठमाडौँ, २७ फागुन – ११३औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति ललितपुरले अग्रज शिक्षक सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
ललितपुरको प्रभात माविमा सम्पन्न कार्यक्रममा केन्द्र ,प्रदेश तथा जिल्ला स्थित विभिन्न पदमा रहेर संगठनमा काम गर्नुभएका तथा हालसम्म निरन्तरता दिनु भएका अग्रज शिक्षकलाई सम्मान गरिएको महिला विभाग प्रमुख इन्दिरा घिमिरेले जानकारी दिनु भयो ।
प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका उपाध्यक्ष एवम् इआइ एपिआर बोर्डका सदस्य कमला थापाले महिला नेतृत्वबारे चर्चा गर्नुभयो| सम्मान तथा अन्तरक्रिया कार्यक्रमको औचित्य प्रष्ट पार्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सचिव नवराज सञ्जेलले सबैको भरोसा संगठनमा नै रहेको बताउनु भयो ।
जिल्ला अध्यक्ष देवीप्रसाद दुलालका अनुसार विभिन्न सम्मानित व्यक्तित्वहरुमा जिल्ला स्थित पूर्व शिक्षक बाबुराम थापा , निरकेशरी श्रेष्ठ ,विष्णुप्रसाद घिमिरे, लक्ष्मण बजगाई ,निर्मला थापा,राजेन्द्र विक्रम कार्की,कृष्ण बहादुर श्रेष्ठ,सुमित्रा खड्का,नाति बहादुर महर्जन,अमिरमान श्रेष्ठ रहेका छन् ।
अनुभव साटासाट गर्दै सम्मानित शिक्षकहरुले शिक्षक र शिक्षाका लागि नेपाल राष्ट्रिय शिक्षक संगठनको विकल्प नभएको बताएका छन्|र,सबैको एउटै संगठन हुनुपर्नेमा जोड दिएका छन् ।

