काठमाडौँ उपत्यकामा २ हजार ९५६ जना सहित देशभर थप ५ हजार ६५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १७ वैशाख – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ९५६ जना सहित देशभर थप ५ हजार ६५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ४०४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १५ हजार ३९१ आरटी पीसीआर तथा ५२५ एन्टीजेन परिक्षण सहित १५ हजार ७१६ जनाको परिक्षण गर्दा ५ हजार ६५७ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ५५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ९२८ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ३ हजार २७९ रहेको छ

Facebook Comments Box