सुनसरी-४ मा ८२ मतान्तरले पछि परे मन्त्री कार्की
काठमाडौँ, १५ मङ्सिर – सुनसरी क्षेत्र नम्बर-४ मा नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई झिनो मतले पछाडि पारेका छन् ।
पछिल्लो मतपरिणाम नेपाली कांग्रेसका उम्मेदवार कार्कीलाई एमालेका उम्मेदवार कुसियैतले ८२ मतान्तरले पछि पारेका हुन् । जनता समाजवादी पार्टीको सहयोगमा उम्मेदवार रहेका कुसियैतले २९ हजार ७९४ मत पाउँदा कार्कीले २९ हजार ७१२ मत ल्याएका छन् ।
Facebook Comments Box

