नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौँ, १५ कात्तिक – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (मङ्गलबार) प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। पार्टीको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार होटल याक एन्ड यतिमा मङ्गलबार दिउँसो घोषणापत्र सार्वजनिक गरिनेछ।

उनका अनुसार एमालेले घोषणापत्रको सार्वजनिकीकरण केही नयाँ ढङ्गले गर्ने तयारी छ। उक्त घोषणापत्रमा अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’ गर्ने कार्यक्रम छ। एमालले ‘समृद्ध नेपाल : सुखी नेपाली’को सङ्कल्पलाई आत्मसात् गर्दै देशको विकास र समृद्धि नै मूल विषय भएर घोषणापत्र आउने जनाएको छ।

एमाले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र सुझाव समिति बनेको थियो। उक्त समितिले सुझाव सङ्कलन गरिरहेको र उक्त सुझावका आधारमा घोषणापत्र तयार गरिएको एमालले जनाएको छ।

Facebook Comments Box