विश्वकप लिग टू अन्तर्गत नामिबियाले नेपाललाई जितका लागि २०० रनको लक्ष्य

काठमाडौँ, ३२ असार – आईसीसी पुरुष विश्वकप लिग टूको त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियाले नेपाललाई जितका लागि २०० रनको लक्ष्य दिएको छ ।

स्कटल्याण्डको एयरमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९९ रन बनायो ।
नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले ५३ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै डेभिड विएसले ३४ रन जोड्दा जेजे स्मिथ र डिभान ला ककले समान २७ रन जोडे । जान निकोल र रुबेन ट्रम्पेलम्यानले समान १९ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए ।

सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २/२ विकेट लिदा बसिर अहमेदले १ विकेट लिए । नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

नामिबियाविरुद्ध नेपाल पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नामिबिया भने नेपाललाई लगातार दोस्रो भेटमा हराउन चाहन्छ ।

Facebook Comments Box