स्थानीय तह निर्वाचनमा इटहरी उपमहानरपालिकामा पाँच दलीय गठबन्धन धरमरायाे

काठमाडौं, १७ वैशाख – स्थानीय तह निर्वाचनमा इटहरी उपमहानरपालिकामा पाँच दलीय गठबन्धन धरमराएको छ । जनता समाजवादी पार्टी बाहेक सत्तारुढ ३ दलको मात्र गठबन्धन बनेको छ ।

नेपाली कांग्रेसले मेयरसहित १७ वडामा उम्मेदवार उठाएको छ । नेकपा एकीकृत समाजवादीले उपमेयरसहित १ वडामा उम्मेदवार उठाएको छ भने माओवादी केन्द्रले भने २ वडाध्यक्ष सहित १७ जना वडा सदस्य पाएको छ ।

उपमेयरमा एकीकृत समाजवादीले राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य सचिव केशव विष्ट र वडा नं. १४ को अध्यक्ष प्रेमचन्द रौतारलाई उठाएको छ । सहमति हुनु अगावै उम्मेदवार दर्ता गराएको जसपाले भने वडामा कुनै भाग नपाएपछि मनोनयन फिर्ता लिएन ।

मेयरमा जसपाका इटहरी अध्यक्ष डिल्लीप्रसाद लिम्बु र उपमेयरमा योसा गुरागाईंले उम्मेदवारी दिएकी छिन् । १८ नम्बरमा उपेन्द्रकुमार चौधरी र ११ नम्बरमा जयनारायण चौधरी वडाध्यक्षको उम्मेदवार छन् ।

गठबन्धनमा जान आफूहरु तयार भएको त्यसै अनुसार मनोनयन दर्ता गरेको भए पनि अन्तिममा आएर अन्य दलले धोका दिएको उपमेयरकी उम्मेदवार गुरागाईंले बताइन् ।

Facebook Comments Box