काठमाडौँमा उपत्याकामा ७ जना सहित देशभर थप १३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, ११ वैशाख – पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्याकामा ७ जना सहित देशभर थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा ३ हजार १४४ आरटी पीसीआर तथा १ हजार १११ एन्टीजेन परिक्षण सहित ४ हजार २५५ जनाको परिक्षण गर्दा थप १३ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ७४ रहेको छ भने सक्रिय संक्रमितको संख्या २६९ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६६ हजार ५२३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९५१ रहेको छ ।

