आज देशको पहाडी भू-भागमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं, १२ चैत – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। आज देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकि भेगको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १ र वाग्मती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र वाग्मती प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। त्यस्तै, राती प्रदेश १ र वाग्मती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।

भोलि दिउँसो प्रदेश १ र वाग्मती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। राती प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।

Facebook Comments Box